२०८२ चैत ३ मङ्गलवार , १२:२२:५८ बजे

Sajhamanch
'

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण:४ सय जनाको ज्यान गयो

मङ्गलवार, चैत ३, २०८२

अफगानिस्तानको राजधानी काबुलमा पाकिस्तानले हवाई आक्रमण गरेको छ । लागूऔषध प्रयोगकर्ता रहेको अस्पताललाई लक्षित गरी पाकिस्तानले हवाई आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ ।

हवाई आक्रमणमा परी कम्तीमा ४०० जनाको ज्यान गएको र २५० जनाभन्दा धेरै घाइते भएका स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ । यो आक्रमणले गएको महिनाको अन्त्यतिर शुरु भएको दुई देशबीचको द्वन्द्व थप गम्भीर भएको संकेत गरेको छ ।

बारम्बार सीमापार झडपका साथै अफगानिस्तान भित्र हवाई आक्रमणका घटना भैरहेका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार पाकिस्तानी एयरफोर्सका लडाकू विमानले राजधानी काबुलसहित अन्य क्षेत्रहरुमा निशाना बनाएका छन् ।

तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलमा लागूऔषध प्रयोगकर्ता रहेको अस्पतालमा बम खसालेको बताउनुभएको छ । उनले आक्रमणको निन्दा गर्दै मानवताविरुद्धको अपराध भएको टिप्पणी गरे ।तर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले तालिबान सरकारको आरोपलाई अस्वीकार गर्दै काबुलमा कुनै पनि अस्पताललाई निशाना नबनाएको बताउए । एजेन्सी

सम्बन्धित खबर