२०८३ वैशाख २७ आइतवार , १२:२१:१५ बजे

Sajhamanch
'

युक्रेनसँगको युद्ध ‘अन्त्य नजिक’ पुगेको रुसी राष्ट्रपति पुटिनको सङ्केत

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको सङ्केत गर्नुभएको छ ।

तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनुभएको छ । तत्कालीन सोभियत सङ्घले नाजी जर्मनीविरुद्ध जित हासिल गरेको सम्झनामा धेरै वर्षयता पहिलो पटक सीमित रूपमा आयोजित विजय दिवस परेडपछि क्रेम्लिनमा पत्रकारसँग पुटिनले पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ ।

रुसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तत्कालीन सोभियत सङ्घको जीतको सम्झनामा हरेक वर्ष मे ९ तारिखमा राष्ट्रिय बिदा मनाउने गरेको छ । यसैबीच रुस र युक्रेनले हिजो शनिबारदेखि शुरु भएको तीन दिने युद्धविरामको धेरै पटक उल्लङ्घन भएको आरोप एक अर्कामाथि लगाएका छन् ।

सम्बन्धित खबर