२०८२ चैत १ आइतवार , ०६:४४:०१ बजे

Sajhamanch
'

राष्ट्रिय लिगमा जावलाखेलले काँक्रेबिहारलाई ४–१ गोलले हरायो

आइतवार, चैत १, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा जावलाखेल युथ क्लबले काँक्रेबिहार क्लबलाई हराएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले काँक्रिकेबिहारलाई ४–१ गोलले पराजित गरेको हो ।

यो जीतसँगै जावलाखेल १० खेलमा १३ अङ्कसहित आठौं स्थानमा उक्लिएको छ । समान खेलमा १ अङ्कसहित काँक्रेबिहार पुछारबाट दोश्रो स्थानमा छ ।

अहिले एन्फा कम्प्लेक्समै चित्लाङ फुटबल क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच खेल भइरहेको छ । आजै बेलुकी ६ बजे दशरथ रङ्गशालामा चर्च ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब खेल्दैछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल र एन्फा कम्प्लेक्स सातदोबाटोमा भइरहेका छन् ।

सम्बन्धित खबर