२०८२ फागुन १४ बिहिवार , ०५:३२:५५ बजे

Sajhamanch
'

राष्ट्रिय लिगमा पुलिसले जनजागृतीलाई ७–० गोलले हरायो

बिहिवार, फागुन १४, २०८२

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लबले जनजागृती युवा क्लबलाई हराएको छ । रशरथ रङ्गशालामा भएको खेलमा पुलिसले जनजागृतीलाई ७–० गोलको फराकिलो अन्तरले हराएको छ ।

पुलिसको यो दोस्रो जीत हो । यो जीतसँगै पुलिस ७ खेलमा ७ अङ्कसहित १०औं स्थानमा उक्लिएको छ । समान खेलमा कुनै पनि खेल जित्न नसकेको जनजागृती अङ्कविहिन हुँदै तालिकाको पुछारमा छ ।

यस्तै अहिले रशरथ रङ्गशालामै प्लानिङ बोईज युनाइटेड र न्यु रोड टिम (एनआरटी)को खेल चलिरहेको छ । आजै बेलुकी ६ बजे त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् ।

सम्बन्धित खबर