
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले ‘फिफा सिरिज–२०२६’ को खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार नेपालले महिलातर्फ एउटा शृङ्खला खेल्नेछ । थाइल्यान्डमा हुने शृङ्खला आउँदो अप्रिलमा हुनेछ ।
शृङ्खलामा थाइल्यान्ड, नेपाल र कङ्कोसहित अझै एउटा देशले खेल्नेछ । शृङ्खलामा खेल्ने चौथो टोलीको टुङ्गो लागिसकेको छैन । ओसियाना फुटबल कन्फेडरेसनबाट सहभागी हुने देशको टुङ्गो लाग्न बाँकि रहेको हो । नेपालले अप्रिल १२ मा कङ्गोसँग खेल्नेछ ।
दोस्रो खेल नेपालले अप्रिल १५ मा हुने तालिका छ । दोश्रो खेलमा कुन टोलीसँग खेल्ने भनेर पहिलो खेलको नजिताले निर्भर गर्नेछ ।
पहिलो खेलमा पराजित हुने दुई टोली र जित्ने दुई टोली छुट्टाछुट्टै एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । फिफा सिरिजमा नेपाली पुरुष टोलीको भने कुनै खेल समावेश गरिएको छैन ।


