२०८२ फागुन १२ मङ्गलवार , ०१:५१:२५ बजे

Sajhamanch
'

टी–२० विश्वकप : इङ्ग्ल्यान्डलाई अहिलेसम्म हराउन नसकेको पाकिस्तान ऐतिहासिक जीतको खोजीमा

मङ्गलवार, फागुन १२, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा आज इङ्ग्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । यो खेल श्रीलङ्काको पल्लेकेलेमा बेलुका सवा ७ बजे शुरू हुनेछ ।

‘सुपर–एट’ मा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई हराएको थियो भने पाकिस्तान र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको थियो । इङ्ग्ल्यान्ड २ अङ्कसहित ‘सुपर–एट’ मा समूह २ मा शीर्ष स्थानमा छ । पाकिस्तान १ अङ्कसहित दोस्रो स्थानमा छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ३२ पटक भेट भएकोमा इङ्ग्ल्यान्ड २१ र पाकिस्तान ९ खेलमा विजयी भएको छ । यस्तै एउटा खेल नतिजाविहीन भएको छ ।

यस्तै टी–२० विश्वकपमा यी दुई टोलीबीच अहिलेसम्म ३ पटक भेट भएकोमा सबै खेल इङ्ग्ल्यान्डले जितेको छ ।

‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

सम्बन्धित खबर