२०८२ फागुन १० आइतवार , ०१:५०:४० बजे

Sajhamanch
'

टी–२० विश्वकप : इङ्ग्ल्यान्ड र श्रीलङ्का तथा भारत र दक्षिण अफ्रिका खेल्दै

आइतवार, फागुन १०, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा दिउँसो सवा ३ बजे पल्लेकेलेमा घरेलु टोली श्रीलङ्का र इङ्ग्ल्यान्ड खेल्दैछन् । यी दुई टोलीबीच टी–२० मा अहिलेसम्म १७ पटक भेट भएकोमा इङ्ग्ल्यान्ड १३ र श्रीलङ्का ४ खेलमा विजयी भएको छ । यस्तै टी–२० विश्वकपमा यी दुई टोलबीच ६ पटक भेट भएकोमा इङ्ग्ल्यान्ड ५ र श्रीलङ्का १ खेलमा विजयी भएको छ ।

यस्तै दोस्रो खेलमा अहमदाबादमा घरेलु टोली भारत र दक्षिण अफ्रिका खेल्दैछन् । यी दुई टोलीबीच टी–२० मा अहिलेसम्म ३१ पटक भेट भएकोमा भारत १८ र दक्षिण अफ्रिका १२ खेलमा विजयी हुँदा १ खेल नतिजाविहीन भएको छ । यस्तै टी–२० विश्वकपमा यी दुई टोलबीच ७ पटक भेट भएकोमा भारत ५ र दक्षिण अफ्रिका २ खेलमा विजयी भएको छ ।

श्रीलङ्का समूह ‘बी’ बाट र इङ्ग्ल्यान्ड समूह ‘सी’ बाट उपविजेता बन्दै ‘सुपर–एट’ मा पुगेका हन् । यस्तै भारत समूह ‘ए’ बाट र दक्षिण अफ्रिका समूह ‘डी’ बाट विजेता बन्दै सुपर एटमा पुगेका हुन् ।

यसैबीच हिजो ‘सुपर–एट’ को पहिलो खेल वर्षाका कारण रद्द भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा वर्षाका कारण पाकिस्तान र न्युजिल्यान्डबीचको खेल हुन सकेन । योसँगै पाकिस्तान र न्युजिल्यान्ड दुवैले १–१ अङ्क बाँडेका छन् ।

‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

सम्बन्धित खबर