२०८२ माघ २१ बुधवार , ०१:०९:०२ बजे

Sajhamanch
'

टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हरायो

बुधवार, माघ २१, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ ।

चेन्नईमा गएराति सम्पन्न भएको खेलमा युएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले १ सय ३ रनको साझेदारी गरे ।

आरिफले ३७ बलमा ६१ र दीपेन्द्रले ३१ बलमा ५० रन बनाए । कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख रन आउट भए । रोहितले १६, आसिफ र अर्का ओपनर कुशल भुर्तेलले समान ८ रन बनाए ।

टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । युएईका एस खानले ३८ र एच कौसिकले ३५ रन बनाए ।

नेपालका सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए । नेपालले दोस्रो अभ्यास खेल पर्सि क्यानडासँग खेल्नेछ ।

सम्बन्धित खबर