२०८२ माघ १८ आइतवार , ०१:१८:२० बजे

Sajhamanch
'

न्युजिल्यान्डसँगको टी–२० शृङ्खलामा भारतको जीत

आइतवार, माघ १८, २०८२

काठमाडौं । न्युजिल्यान्डसँगको टी–२० शृङ्खलाअन्तर्गत पाँचौ तथा अन्तिम खेलमा भारत विजयी भएको छ । योसँगै भारतले शृङ्खला ४–१ ले जितेको छ ।

हिजो बेलुका भएको खेलमा घरेलु टोलीसँग न्युजिल्यान्ड ४६ रनले पराजित भयो । भारतले दिएको २७२ रनको ठूलो लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभर ४ बलमा २२५ रन बनाउँदै अलआउट भयो । न्युजिल्यान्डका फिन एलनले ८० रन बनाए । भारतका अर्शदीप सिंहले ५ विकेट लिए ।

त्यसअघि केरालामा टस जितेर ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर २७१ रन बनायो । भारतका इशान किशनले १०३ रनको शतकीय पारी खेले । न्युजिल्यान्डका लकी फर्ग्युसनले २ विकेट लिए । यी दुवै टोलीका लागि यो शृङ्खला आउँदो शनिवारदेखि हुने टी–२० विश्वकपको तयारीका रूपमा रहेको थियो ।

सम्बन्धित खबर