२०८२ माघ १५ बिहिवार , ०७:३०:११ बजे

Sajhamanch
'

कमलमा सुरु भयो १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बिहिवार, माघ १५, २०८२
कमल । झापाको कमल गाउँपालिकामा पालिकास्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
कमल ५ स्थित आदिवासी रङ्गशालामा आजबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिता अन्तरगत आज पहिलो दिन एथ्लेटिक्सतर्फका सबै खेल बिहान ११ बजेदेखि र भलिबलका सबै प्रतियोगिता दिउँसो १२ बजेदेखि सुरु भएका छन् ।
त्यसैगरी कबड्डीका सबै खेल माघ १६ गते बिहान ९ बजेदेखि भइरहेको शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविन गौतमले जानकारी दिनुभयो ।
त्यस्तै तेक्वान्दोका सबै खेलहरु माघ १६ गते बिहान १० बजेदेखि र कराँते  तर्फका सबै प्रतियोगिता माघ १७ गते बिहान ९ बजेदेखि कमल ५ स्थित मङ्गलमय माध्यमिक विद्यालयको प्राङ्गणमा हुने अधिकृत गौतमले बताउनु भयो ।

सम्बन्धित खबर