२०८२ माघ १२ सोमवार , ०३:४१:०५ बजे

Sajhamanch
'

‘नेपाल स्पोर्ट्स समिट २०२६’को घोषणा

सोमवार, माघ १२, २०८२

काठमाडौं । नेपाल स्पोर्ट्स समिट कमिटीले ‘नेपाल स्पोर्ट्स समिट २०२६’को घोषणा गरेको छ । सम्मेलन यही माघ २२ गते काठमाण्डौमा आयोजना हुनेछ ।

सम्मेलनमा नेपालका खेल क्षेत्रका नीतिगत, पूर्वाधार, सज्यार, डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयहरू समेट्दै पाँच प्यानल छलफल शत्रहरू सञ्चालन हुनेछन् ।

जसमा खेल कूटनीति विषयमा खेलमार्फत विश्वव्यापी सम्बन्ध सुदृढीकरण, नेपालको खेल पूर्वाधार इकोसिस्टम निर्माण, उदीयमान खेलहरूको उदय मुख्यधारासम्म, खेलमा सञ्चार तथा प्रसारण खेल विकास र मोनेटाइजेसनमा सञ्चार र कर्पोरेट भूमिकाहरू तथा खेल सामग्री तथा इन्फ्लुएन्सर डिजिटल खेल कथावाचनको शक्ति विषयमा छलफल शत्र सञ्चालन हुनेछन् ।

हरेक शत्रका वक्ताहरुको नाम नेपाल स्पोर्ट्स समिटको आधिकारिक सामाजिक सञ्जाल तथा प्रेस विज्ञप्तिहरूमार्फत सार्वजनिक गरिने आयोजकको भनाइ छ । नेपाल स्पोट्र्स समिट २०२६ का आयोजक आमिर अख्तरले सम्मेलन केवल एउटा कार्यक्रम मात्र नभइ यो खेल, कूटनीति, पर्यटन र आर्थिक विकासलाई एकीकृत गर्ने राष्ट्रिय अभियान भएको बताउनुभयो ।

आफूहरुको दृष्टिकोण नेपालको खेल अर्थप्रणालीलाई विश्वव्यापी अवसरहरूसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशको खेल भविष्यलाई रूपान्तरण रहेको बताउनुभयो । सम्मेलनका अर्का आयोजक भास्कर राजकर्णिकारले सम्मलेनले नीति निर्माता, लगानीकर्ता, खेल नेतृत्व र विश्व संस्थाहरूबीच संरचित संवादको वातावरण सिर्जना गर्ने बताउनुभयो ।

नेपालसँग प्राकृतिक लाभ, युवा ऊर्जा र अन्तर्राष्ट्रिय सद्भावना रहेकाले सम्मेलनले यहाँ देखिएका सम्भावनालाई व्यावहारिक साझेदारी र दीर्घकालीन वृद्धिमा रूपान्तरण गर्नेमा उहँले विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित खबर