२०८२ पौष १७ बिहिवार , ०६:४३:२० बजे

Sajhamanch
'

एनभीए भलिबल : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा

बिहिवार, पौष १७, २०८२

काठमाडौं ।  नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका छन् ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो क्वाटरफाइनलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२५ र तेस्रो सेट २५–१८ ले जित्यो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा पुलिसले कोशी प्रदेश भलिबल सङ्घलाई ३–० कै सोझो सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१८ ले जित्यो ।

पुरुषतर्फकै तेस्रो क्वाटरफाइनलमा आजै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र नेपाल एपीएफ क्लब तथा चौथो क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र खिल्जी युवा क्लब खेल्दैछन् ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका सेमिफाइनल भोलि तथा फाइनल पर्सि हुनेछ ।

सम्बन्धित खबर