२०८२ पौष १६ बुधवार , ०२:००:२७ बजे

Sajhamanch
'

श्रीलंकासँगको टी–२० श्रृंखलामा भारतीय महिला टोलीको क्लिनस्विप

बुधवार, पौष १६, २०८२

काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले श्रीलंकासँगको पाँच खेलको टी–२० श्रृंखलामा क्लिनस्विप गरेको छ ।

हिजो भएको पाँचौ तथा अन्तिम खेलमा भारतले श्रीलंकालाई १५ रनले हरायो । भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । जितका लागि १७६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन मात्रै बनायो ।

यो खेलमा श्रीलंका पराजित भएसँगै भारतले श्रृंखला ५–० ले जितेको हो । यसअघि भारत पहिलो खेलमा ८ विकेटले, दोस्रो खेलमा ७ विकेटले, तेस्रो खेलमा ८ विकेटले र चौथो खेलमा ३० रनले विजयी भएको थियो ।

सम्बन्धित खबर