
काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज पनि चार वटा खेल हुँदैछन् ।
काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बिहान १० बजे महिलातर्फ नेपाल पुलिस क्लब र मधेश प्रदेश खेलकुद परिषद् तथा दिउँसो १२ बजे एभरेष्ट भलिबल क्लब र चुली युवा क्लबबीच खेल हुँदैछ ।
यस्तै पुरुषतर्फ दिउँसो २ बजे बुढानीलकण्ठ भलिबल क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र तथा दिउँसो ४ बजे कोशी प्रदेश भलिबल संघ र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्रले खेल्दैछन् ।
यही शनिवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।


