२०८२ पौष १५ मङ्गलवार , ०७:३०:४७ बजे

Sajhamanch
'

एनभीए भलिबलमा पुरुषतर्फ एपीएफ र खिल्जी युवा क्लब क्वाटरफाइनलमा

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा पुरुषतर्फ नेपाल एपीएफ क्लब र खिल्जी युवा क्लब क्वाटरफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा एपीएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले पहिलो सेट २५–१०, दोस्रो सेट २६–१६ र तेस्रो सेट २९–२७ ले जित्यो ।

यस्तै खिल्जीले पनि ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो । खिल्जीको पहिलो सेट २५–१५, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२३ ले जित्यो ।

यसअघि रुकुम पश्चिम भलिबल क्लब, त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब क्वाटरफाइनलमा पुगिसकेका छन् ।

प्रतियोगितामा आजै महिलातर्फको खेलमा पुलिस र एपीएफ तथा एभरेस्ट भलिबल क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब खेल्दैछन् ।

यही पुस १९ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।

सम्बन्धित खबर