२०८२ पौष १३ आइतवार , ०७:४४:२२ बजे

Sajhamanch
'

निर्वाचन आचारसंहिता स्वीकृत, यस पटक एआईको प्रयोगबारेका विषय पनि समेटियो (पूर्णपाठ)

आइतवार, पौष १३, २०८२

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको हिजो बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो ।

आयोगले चुनावको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता र भयमुक्त वातावरण कायम राख्नका लागि हरेक चुनावअघि आचारसंहिता ल्याउँछ । यस पटकको आचारसंहितामा केही नयाँ र महत्त्वपूर्ण व्यवस्थाहरू समावेश गरिएका छन् ।

कृत्रिमम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर चुनावलाई प्रभाव पार्ने उद्देश्यले भ्रामक सूचना सम्प्रेषण गर्न, दुष्प्रचार गर्न वा घृणापूर्ण भाषण गर्न निषेध गरिएको छ । सामाजिक सञ्जालमा एआईको प्रयोग गरि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सामग्री पोस्ट, रिपोस्ट वा शेयर गर्न पनि रोक लगाइएको छ ।

यस्तै हरित चुनावको अवधारणालाई प्राथमिकता दिइएको छ । वातावरणमैत्री सामग्रीको प्रयोगलाई जोड दिइएको र प्लास्टिकजन्य सामग्रीको प्रयोगमा कडाइ गरेको छ ।

आचारसंहितामा सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रयोगसम्बन्धी कडा नियम तय गरिएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।

चुनाव खर्चको पारदर्शितामा समेत जोड दिइएको छ । उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा चुनावमा आफूले खर्च गर्ने अनुमानित रकम र त्यसको स्रोत खुलाउनुपर्ने व्यवस्था छ ।

आचारसंहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्ने अधिकार अयोगसँग छ । आचारसंहिता कहिलेदेखि लागू हुने भन्ने निर्णय भने आयोगले गर्न बाँकी छ ।

सम्बन्धित खबर