२०८३ वैशाख ३ बिहिवार , ११:४७:०३ बजे

Sajhamanch
'

आज डलरको भाउ थोरै घट्यो

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केही दिन थोरै बढेको अमेरिकी डलरको भाउ आज केही घटेको छ ।

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय अनुसार आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा रहेको छ । हिजो अमेरिकी डलर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा थियो ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ४८ पैसा र बिक्रीदर १९१ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

सम्बन्धित खबर