२०८२ पौष १५ मङ्गलवार , १०:२८:३१ बजे

Sajhamanch
'

मधेशमा साढे नौ हजार हेक्टरभन्दा धेरै वन क्षेत्र अतिक्रमण

सोमवार, मंसिर २२, २०८२

पर्सा । मधेश प्रदेशका आठ वटा जिल्लामा नौ हजार ६९२ हेक्टर वन अतिक्रमणमा परेको पाइएको छ ।

मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार सन् २००२ अघिसम्म पाँच हजार ५३६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेकोमा त्यसपछिका वर्षहरूमा अतिक्रमण झन्डै दोब्बरले बढेको हो ।

मधेश प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा धेरै सर्लाहीमा तीन हजार २३ दशमलव १४ हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ । सबैभन्दा कम सप्तरीमा १२ दशमलव ६४ हेक्टर वन अतिक्रमणमा परेको छ ।

केही भाग सार्वजनिक विद्यालय, मठमन्दिर, प्रहरीरसेनाका ब्यारेक, सडक लगायत भौतिक पूर्वाधार निर्माणका कारण अतिक्रमणमा परेको छ भने धेरैमा व्यक्तिले घरटहरा लगायतका संरचना बनाउने, खेती गर्ने लगायत गर्दै आएका छन् ।

मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलका अनुसार प्रदेशको अस्थिर राजनीतिक नेतृत्वको कारणले समस्या भएको हो । यस्तै सङ्घीयतापछि वन ऐन २०७६ र प्रदेश वन ऐन २०७७ मा अधिकार क्षेत्र बाझिँदा पनि कार्यसम्पादन गर्न र समस्या भइरहेको प्रदेश सरकारको गुनासो छ ।

सम्बन्धित खबर