२०८२ मंसिर १०, मङ्गलवार , १०:३५:२७ बजे

Sajhamanch
'

‘परान’ को कमाइ १४ करोड नाघ्यो

मङ्गलवार, मंसिर १०, २०८२

काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ को देशब्यापी कमाइ १४ करोड नाघेको छ । चौंथो शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ नेरु ग्रस कमाएको हो ।

दीपक आचार्य काकु निर्देशित फिल्म १४ कात्तिकमा रिलिज भएको थियो ।पछिल्लो शनिबार अर्थात ६ मंसिरसम्म फिल्मले उक्त कमाई गर्दै ४ लाख ९९ हजार १६८ वटा टिकट बिक्री गरेको छ ।यो विवरणसँगै ‘परान’ २०८२ सालमा अहिलेसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ ।

सम्बन्धित खबर