
काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो दिन खुलेको शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेर २० मिनेटपछि पुनः खुलेकोमा पाँच प्रतिशतले घटेपनि पुनः रोकिएको छ ।
कारोबार खुलेको पहिलो एक घण्टाभित्र चार प्रतिशतभन्दा धेरै बजार घटेमा वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । त्यसपछि २० मिनेटमा खुल्ने र पाँच प्रतिशत घटेपछि पुनः कारोबार स्थगित छ । सर्किट ब्रेक लाग्दा १०७ अंकले नेप्से घटेर २५६५.४३ बिन्दुमा झरेको थियो । नकारात्मक सर्किट लागेर पुनः खुलेपछि पनि बजार घट्ने क्रम रोकिएको छैन ।