२०८२ असोज १, बुधवार , ०७:२१:४२ बजे

Sajhamanch
'

२ महिनामा सरकारको बजेट खर्च ९ प्रतिशत

बुधवार, असोज १, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च ९ दशमलव १७ प्रतिशत पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा चालूतर्फ ९ दशमलव ६७, पूँजीगततर्फ १ दशमलव ५६ र वित्तीय व्यवस्थातर्फ १५ दशमलव ८९ प्रतिशत बजेट खर्च भएको हो । यस वर्ष कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा १ खर्ब ८० अर्ब १७ करोड ४ लाख रुपैयाँ खर्च भएको छ ।

यही अवधिमा सरकारले वार्षिक लक्ष्यको १० दशमलव ४३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्षका लागि १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा अहिलेसम्म १ खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ असुली भएको हो ।

सम्बन्धित खबर