२०८२ भदौ ३१, मङ्गलवार , ०४:४५:१३ बजे

Sajhamanch
'

असोजका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घट्यो

मङ्गलवार, भदौ ३१, २०८२

काठमाडौं । असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूची अनुसार औसतमा भदौको तुलनामा असोजमा ब्याजदर घटेको हो ।

भदौको तुलनामा असोजमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ० दशमलव ११ प्रतिशत विन्दुले घटेको छ । भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५ दशमलव ५७ प्रतिशत रहेकोमा असोज महिनाका लागि यो ५ दशमलव ४६ प्रतिशतमा कायम भएको छ ।

भदौको तुलनामा असोजमा २ वटा बैंकले ब्याजदर बढाएका छन् । ब्याजदर बढाउनेमा लक्ष्मी सनराइज बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । अन्य ९ बैंकले ब्याजदर घटाएका छन् भने ९ वटाले यथावत् राखेका छन् ।

सम्बन्धित खबर