२०८२ भदौ ५, बिहिवार , ०४:२९:१७ बजे

Sajhamanch
'

दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते, ४ जना गम्भीर घाइते

बिहिवार, भदौ ५, २०८२

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो ।

गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।

चालकसहित ११ जना सवार उक्त जिप चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको छ ।

दुर्घटनामा घाइते भएका जिप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक रावतले जानकारी दिनुभयो ।

सम्बन्धित खबर