
काठमाडौं । सामाजिक सुरक्षा कोषको अनलाईनबाट दिइने सबै सेवाहरु आज र भोलि दुई दिन अवरुद्ध हुने भएको छ । सामाजिक सुरक्षा कोषले विज्ञप्ती निकाल्दै अनलाइन प्रणालीबाट प्रदान हुने सबै सेवाहरू अवरुद्ध जनाएको छ ।
सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र भोलि दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवाहरू बन्द रहने कोषले जनाएको छ ।
कोषको सूचना प्रणालीलाई आपत्कालीन अवस्थामा पनि सुरक्षित र सुचारु राख्न गरिने नियमित प्राविधिक परीक्षणका कारण सेवा प्रभावित हुन लागेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।