२०८२ साउन २६, सोमवार , ०३:५१:०९ बजे

Sajhamanch
'

महाकालीमा बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात

सोमवार, साउन २६, २०८२

कैलाली । भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा बेपत्ता भएका दुई बालिकाको अवस्था अझै पत्ता लाग्न सकेको छैन।

नदीमा नुहाउने क्रममा हिजो दिउसो साढे एक बजेको हाराहारीमा उनीहरू बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जीविका पन्त रहेका छन् ।

एउटै घरमा चार जना नदीमा गएका थिए । दुई बालिका बेपत्ता भएको खबर दुई बालकले घरसम्म पुराएका हुन् । ‘महाकालीमा नुहाउने क्रममा बेपत्ता भएका बालिकाको खोजी कार्य जारी छ’, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले बताउनु भयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले बेपत्ता बालिकाहरू खोजिरहेको छ । तर, अहिलेसम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन ।

सम्बन्धित खबर