२०८२ साउन २६, सोमवार , १२:०८:४२ बजे

Sajhamanch
'

निरन्तर वर्षा भएपछि उदयपुरका किसान रोपाइँमा व्यस्त

सोमवार, साउन २६, २०८२

उदयपुर । निरन्तर वर्षा भएपछि यहाँका किसान रोपाइँमा व्यस्त भएका छन् ।

उनीहरुलाई गत असारमा पानी नपरेका कारण रोपाइँ हुन नसेका खेतमा धमाधम रोपाइँ गर्न भ्याइनभ्याइ भएको हो ।

कृषि ज्ञानकेन्द्रका प्रमुख योगेन्द्र यादवले जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आकासे वर्षा सुरु भएसँगै धान रोपाइँ जारी रहेको छ ।’

जिल्लाको त्रियुगा, कटारी र चौदण्डी नगर क्षेत्रमा रोपाइँ लगभग सकिएका छन् ।

लामो खडेरीको कारण जिल्लाका तराईका किसानले जमिनबाट ‘बोरिङ’ प्रयोग गरेर रोपाइँ गरेका थिए, भने पहाडी क्षेत्रका खोलानालाको स्रोत नै सुकेका कारण रोपाइँ ठप्प भएको थियो ।

सम्बन्धित खबर