२०८२ साउन २०, मङ्गलवार , १०:५३:२८ बजे

Sajhamanch
'

भारतले धौलीगंगा बाँधको ढोका खोल्ने भएकाले महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

मङ्गलवार, साउन २०, २०८२

काठमाडौं । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएकाले महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

उत्तराखण्डमा रहेको जलविद्युत् परियोजना सिल्ट सफाइका लागि बाँधको ढोका खोल्ने भनेर भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म र त्यसपछि पनि महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

मङ्गलवार, साउन २०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर