
झापा । उडिरहेको विमानमा हुने हलचल अर्थात् ‘टर्ब्युलेन्स’ सन् २०५० सम्ममा तीन गुणाले बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । जलवायु परिवर्तनका कारण भू–उपग्रह, रडार वा मानिसका आँखाले पत्ता पाउन नसक्ने सफा मौसमका बेला हुने हलचल तीव्र गतिमा बढिरहेको हो ।
यस्ता घटनाहरू वर्षेनि बढिरहेका युनभर्सिटी अफ रेडिङका एट्मोस्फेरिक साइन्सका प्राध्यापक पोल विलियम्सले बताउनुभयो । उहाँका अनुसार भरपर्दो मौसमी रेडर्क राख्न थालेको समय सन् १९७९ को तुलनामा अहिलेसम्म यस्ता घटना ५५ प्रतिशत बढिसकेको छ ।
आउँदो दिनमा उडिरहेको विमानमा हुने हलचल पूर्वी एशिया र उत्तर एट्लान्टिक क्षेत्रमा धेरै हुने अनुमान रहेको तर प्रभाव भने विश्वभर पर्ने उहाँले बताउनुभयो ।
विमानमा एक्कासी हलचल आउँदा यात्रुहरू ठोक्किने, घाइते हुने र ज्यान जानेसमेत जोखिम रहन्छ । यस्ता घटनाहरूले मानिसहरूको उडान रुचिसमेत घट्दै जाने अध्ययनले देखाएको छ ।
सम्भावित दुर्घटनाको जोखिमसँगै विमान बिग्रने र पाइलटहरूले हलचल छल्न खोज्दा उडान समय लम्बिन सक्ने जोखिम पनि रहन्छ । यसले इन्धन खपत पनि बढाउँछ । यस्ता हलचलको पूर्वानुमान तथा विमानको डिजाइनमा सुधार गरी हलचल घटाउने प्रयास भइरहे पनि अहिले नै धेरै प्रगति भइसकेको छैन ।