२०८२ असार ३२, बुधवार , ०४:३५:०३ बजे

Sajhamanch
'

७७ वटै जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । देशभरका ७७ वटै जिल्लाहरु पूर्णखोप घोषणा भएका छन । हिजो काठमाडौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाहरू पूर्णखोप घोषणा भएसँगै देशभरका सबै ७७ जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन ।

नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिब दुई दशक अघिदेखि शुरू गरिएको थियो । हिजो एकै पटक ६ वटा जिल्ला पूर्णखोप घोषणा भएसँगै देशका सबै जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हन ।

परिवार कल्याण महाशाखाका प्रमुख डा। विवेककुमार लालले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुनुले स्वास्थ्यकर्मीहरू एवम् महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समर्पण, स्थानीय जनप्रतिनिधीहरूको नेतृत्व एवम् अपनत्व, अभिभावकको विश्वास र समुदायको सहकार्यलाई दर्शाउने बताउनु भयो ।

हरेक वर्ष घरदैलो कार्यक्रम गरी खोज र खोप अभियानअन्तर्गत दुई वर्षमुनिका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोपहरूको पूर्णमात्रा पाए नपाएको पहिचान गरिन्छ । त्यस्तै खोप लगाउन छुट भएका बालबालिकालाई सबै खोपहरूको पूर्णमात्रा पाएको सुनिश्चित गर्दै ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गरिन्छ ।

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नौ प्रकारका खोप दिइने गरिन्छ । ती नौ प्रकारका खोप सातपटकमा १८ मात्रा खोप लगाउने गरिन्छ । ती नौ प्रकारका खोप विभिन्न १३ वटा रोगका विरुद्ध लगाइन्छ ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा।अभियान गौतमले पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा केवल घोषणा मात्र नभएर बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि गरिएको एउटा महत्त्वपूर्ण कदम भएको बताउनु भयो । अहिले मधेश प्रदेशले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । अन्य प्रदेशहरूले पनि घोषणाको तयारी थालेका छन ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाको सफलता प्राप्त गर्नमा गाभी, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन, वाटर एडलगायतका साझेदार संस्थाको सहयोग रहेको प्रमुख डा।गौतमले बताउनुभयो ।

सम्बन्धित खबर