२०८२ असार २६, बिहिवार , ०९:२४:५४ बजे

Sajhamanch
'

दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

बिहिवार, असार २६, २०८२

काठमाडौं । गएराति देशभर हल्कादेखि मध्यम वर्षा भए पनि दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्नेछ । तर कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति पनि धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सम्बन्धित खबर