२०८२ वैशाख २९, सोमवार , १०:३७:४४ बजे

Sajhamanch
'

गभर्नर सिफारिश समितिबाट डा.विश्व पौडेलको राजीनामा

सोमवार, वैशाख २९, २०८२

काठमाडौं । गभर्नर सिफारिश समितिका सदस्य डा.विश्व पौडेलले राजीनामा दिएका छन् । कांग्रेसले गभर्नरको रुपमा आफैँलाई प्रस्ताव गर्ने भएपछि उहाँले सिफारिश समितिको सदस्यबाट राजीनामा दिएका हुन ।

अस्ति शनिवार कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले डा.गुणाकर भट्टको विकल्पमा पौडेलको नाम गभर्नरको रुपमा सिफारिश गरेका थिए।

यसअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गभर्नरको रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई अघि बढाउने सहमति भएको खबर सार्वजनिक भएको थियो ।

त्यसै अनुसार भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए पनि कायम मुकायम गभर्नर डा.नीलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेपछि कांग्रेसले विकल्पको रुपमा पौडेलको नाम अघि सारेको हो ।

सम्बन्धित खबर