२०८२ वैशाख २१, आइतवार , ०४:३२:१६ बजे

Sajhamanch
'

कर्णाली साकोसमा सदस्य सम्मान तथा उपचार सुविधा प्रदान

आइतवार, वैशाख २१, २०८२

बुद्धशान्ति। नेपाल कै अग्रणी सहकारी झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रगत सदस्य विस्तारित भेला २०८२ को शिलशिला बुधबारेमा पुर्याएको छ ।

संस्थाको शिक्षा उपसमितिले आयोजना गरेको विस्तारित भेलाको अध्यक्षता संयोजक तथा संस्थाका सचिव भुपाल बस्नेतले गरेका थिए।

संस्थाका अध्यक्ष टिएस प्रधान प्रमुख वक्ता रहेको सो कार्यक्रममा उनले कर्णाली साकोसको गत चैत मसान्तको वित्तीय विवरण प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सुविधाहरूका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि बुद्धशान्ति उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक सापकोटाले कर्णाली साकोसका कार्यक्रमहरू रचनात्मक एवं सदस्य मैत्री भएको महसुश गर्दै बुद्धशान्ति क्षेत्रका व्यापारी व्यवसायीहरूलाई कर्णालीको सेवामा आबद्ध रहन सुझाव दिए ।

संस्था सञ्चालक समिति सदस्य देवीमाया तामाङले शाब्दिक स्वागत गरेको सो कार्यक्रममा संस्थाको सेवा सुविधा र सदस्य विस्तारित भेला कार्यक्रमको औचित्य माथि सञ्चालक समितिका सचिव तथा कार्यक्रमका अध्यक्ष बस्नेतले प्रकाश पारेका थिए ।

बुधबारे सेवा केन्द्र प्रमुख रामबहादुर बस्नेतले सञ्चालन गरेको कार्यक्रममा संस्थाका दुईजना सदस्यहरूलाई उपचार खर्च प्रदान गरिएको थियो ।

संस्थाको विशेष उपचार कोषका समेत सदस्य रहेकी पविलक्ष्मी राईका छोरा मनिष थापा मगरको टन्सिलको शल्यक्रिया वापतको सुविधा रकम ४३ हजार रुपैयाँ आमा पविलक्ष्मीलाई हस्तान्तरण गरिएको छ।

यस्तै सेयर सदस्य बसुन्धरा अधिकारीको पत्थरियाको शल्यक्रिया गरेवापत १० हजार रुपैयाँ सुविधा उनका श्रीमान जयनारायण अधिकारीलाई हस्तान्तरण गरियो ।

सोही कार्यक्रममा कर्णाली साकोसमा १५ वर्षभन्दा अघिदेखि सदस्य बनेर कारोबार गरिरहेका १२६ जनालाई मायाको चिनोसहित सम्मान गरिएको छ ।

सम्बन्धित खबर