
काठमाडौं । आज सुनको भाउ बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेर आज तोलाको एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा उचारचढाव हुँदै आएको छ ।
यस्तै चाँदीको भाउ भने आज घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर चाँदी तोलाको एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।