
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ४३०, मध्यमको ३८० र ‘एक्सएल’ को ४५० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो वर्ष ठूलो अण्डाको मूल्य प्रतिक्रेटको ५२५ रुपैयाँसम्म पुगेको थियो तर पछि घटेर ३५० रुपैयाँमा झरेको थियो । मूल्य बढ्दा किसानलाई केही राहत मिल्ने अध्यक्ष पोखरेल बताउछन्।
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा पर्न आउँछ । उनका अनुसार गर्मीमा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढाउनुपरेको हो ।
सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । अहिले दैनिक झन्डै ३० लाख गोटा अण्डा उत्पादन हुँदै आएको छ ।