२०८२ वैशाख १२, शुक्रवार , १२:४६:५४ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको दुई हजार रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार १० रुपैयाँ रहेको थियो ।

शुक्रवार, वैशाख १२, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर