
काठमाडौं । आज सुनको भाउ सामान्य बढेको छ । सुनको भाउ दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ एकैदिन तोलामा सात हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अस्ति मङ्गलवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ४५ रुपैयाँले बढेर तोलाको दुई हजार १० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।