२०८१ चैत ६, बुधवार , १०:३३:२३ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा रुसी समकक्षी पुटिनका शर्त

बुधवार, चैत ६, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको युक्रेनसँगको युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही शर्तसहित सहमति जनाएका छन् ।

यसअघि साउदी अरेबियामा युक्रेनसँग ट्रम्पको टोलीले राखेको केही महिनाको युद्धविरामको प्रस्तावलाई रुसले विभिन्न शर्त राखेर अस्वीकार गरेको थियो । तर पुटिनले ट्रम्पसँगको टेलिफोन वार्तामा आफ्ना केही शर्त पुरा भएमा युद्धविरामको प्रस्ताव स्वीकार गर्ने बताएको बीबीसीले जनाएको छ ।

पुटिनले युक्रेनलाई अमेरिकाले गरिरहेको सैन्य सहयोग र गुप्तचर सहकार्य नराकेसम्म युद्धविरामको विषय अघि नबढ्ने बताएका छन् ।

गएको हप्ता अमेरिकी र युक्रेनी अधिकारीबीच भएको भेटमा अमेरिकी प्रतिनिधि मण्डलले युक्रेनलाई राखेको ३० दिने युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकार गरेपछि रुससँग ट्रम्प आफैले वार्ता अघि बढाएका हुन ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुरूमा ऊर्जा केन्द्र र भौतिक संरचनामा युद्धविराम गर्दै थप युद्धविरामको विषयमा अघि बढ्ने कुरामा सकारात्मक छन् ।

रुसले भने यस विषयमा थुप्रै बुँदामा छलफल आवश्यक रहेको तर मूल विषय युक्रेनलाई गरिएको सहयोगमा रोक लगाउनै पर्ने भएको जनाएको छ ।

रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि तुरुन्तै शान्ति वार्ता गर्नेमा भने सहमति जनाएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर