
काठमाडौं । आज बिहान अछाममा भूकम्प गएको छ । आज बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४ दशमलव ३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो । तर भूकम्पले क्षति पुर्याए/नपुर्याएको जानकारी प्राप्त हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय अछामले भूकम्पको धक्का महसुस भएको र त्यसले क्षति भए/नभएकोबारे सबै पालिकाहरुमा बुझ्ने काम भइरहेको जनाएको छ ।