२०८१ फागुन २८, बुधवार , ०४:३०:५२ बजे

Sajhamanch
'

‘वार २’को सेटमा ऋतिकलाई चोट, रोकिएको छायांकन मेमा हुने

बुधवार, फागुन २८, २०८१

मुम्बई । बलिउड स्टार ऋतिक रोशन र साउथ अभिनेता जुनियर एनटीआरको आगामी फिल्म ‘वार २’लाई फ्यान उत्सुकतासहित पर्खिरहेका छन् । यो फिल्म यसवर्षको सर्वाधिक प्रतीक्षितमध्येको सूचीमा छ ।

कलाकार छायांकनमा ब्यस्त छन् । तर, प्रशंसकलाई दुःखित तुल्याउन खबर छायांकन सेटबाट आएको भारतीय संचारमाध्यमले जनाएका छन् । विवरणमा जनाइएअनुसार छायांकनको क्रममा ऋतिकलाई चोट लागेको छ । चिकित्सकले उनलाई करिब १ महिना आराम गर्न सल्लाह दिएका छन् ।यो घटनापछि छायांकन रोकिएको छ । के फिल्मको प्रदर्शन मिति पनि पछि सर्ला त रु मिडिया रिपोर्टका अनुसार ऋतिक र जूनियर एनटीआर फिल्मको ‘एनर्जी प्याक’ गीतको रिहर्सल गरिरहेका थिए । सो क्रममा ऋतिकको खुट्टामा चोट लागेको थियो । थप गम्भीर समस्याबाट बच्नका लागि चिकित्सकले उनलाई चार साता आराम गर्न सल्लाह दिएका छन् ।

यो गीतको छायांकन स्थगित गरिएको छ । अब मेमा छायांकन हुनेछ । राम्रो कुरा यो हो कि फिल्मको रिलिज मितिमा कुनै परिवर्तन गरिएको छैन । बलिउड हंगामाको रिपोर्ट अनुसार ऋतिकले जुनियर एनटीआरसँग यो गीतको रिहर्सल गर्दा मिहेनतसहित काम गरिरहेका थिए ।स्रोतले भन्यो, ‘रिहर्सलका क्रममा उनको खुट्टामा सामान्य चोट लागेको थियो, जुन निकै असहज थियो र जब डाक्टरहरूले उनको चोटको जाँच गरे, उनीहरूले उनलाई यो ठूलो गीतको छायांकन अघि आफ्नो खुट्टालाई आराम गर्न सल्लाह दिए ।’

यो डान्स गीतको छायांकन मेमा हुने भएको छ । सबै मुख्य कलाकारले आफ्ना दृश्यको छायाकंन सकेका छन् र फिल्म पोस्ट प्रोडक्सनमा छ । यो सानो घटनाले फिल्मको कुनै प्रमोसन र मार्केटिङको योजनालाई प्रभावित तुल्याएको छैन । ‘वार २’ अझै पनि अगस्ट १४, २०२५ मा विश्वभरका थिएटरमा रिलिज हुनेछ ।

‘वार २’लाई अयान मुखर्जीले निर्देशन गरेका हुन् । यो आदित्य चोपडाको यशराज फिल्म्सको जासूस ब्रह्माण्डको हिस्सा हो । ऋतिक मेजर कबिर धालिवालको भूमिकामा देखिनेछन् । जुनियर एनटीआरले यही फिल्मबाट हिन्दी फिल्म उद्योगमा डेब्यु गर्दैछन् । यो सन् २०१९ को एक्शन थ्रिलर ‘वार’ को सिक्वेल हो, जसलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए ।

सम्बन्धित खबर