२०८२ मंसिर २७ शनिवार , ०५:५७:५९ बजे

Sajhamanch
'

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आइतवार, फागुन २५, २०८१

काठमाडौं।पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

यस्तो छ आजको मौसम
शुक्रवार, मंसिर २६, २०८२
आज यस्तो रहनेछ मौसम
बिहिवार, मंसिर २५, २०८२
यस्तो रहनेछ आजको मौसम
बुधवार, मंसिर २४, २०८२