
न्यूयोर्क । पपस्टार केटी पेरी ‘ब्लु ओरिजिन’को नयाँ शेपर्ड रकेटमा चढेर अन्तरिक्षमा उड्ने भएकी छिन् । यो उडानका सबैजना सदस्य महिला हुनेछन् ।
उडानमा ‘द फायरवर्क’ गायिकासँगै ब्लू ओरिजिनका मालिक जेफ बेजोसकी प्रेमिका लरेन सान्चेज, सीबीएस टिभीका प्रस्तोता गेल किंग, नासाका पूर्वरकेट वैज्ञानिक आइशा बोवे, नागरिक अधिकार कार्यकर्ता अमान्डा नुगुएन र फिल्म निर्माता केरियन फ्लिन पनि हुनेछन् ।‘ब्लु ओरिजिन’ले संचालन गर्न लागेको यो अन्तरिक्ष उडान सन् १९६३ मा सोभियत संघकी भ्यालेन्टिना तेरेस्कोभाको एकल अभियानपछि पहिलो महिला अन्तरिक्ष उडान हुनेछ । यान प्रक्षेपणको लागि कुनै निश्चित मिति छैन, तर ब्लू ओरिजिनले वसन्तमा हुने जनाएको छ ।
केटी पेरीको ‘लाइफटाइम टूर’ आगामी २३ अप्रिल देखि ११ नोभेम्बरसम्म हुने तयारीमा छ । यो उडान चाहिँ त्यो भन्दा पहिले हुनसक्ने अपेक्षा छ ।एनएस-३१ मिसन न्यू शेपर्ड रकेटको लागि यो ११ मानव अन्तरीक्ष उडान हुनेछ भने इतिहासको ३१ औं उडान हुनेछ । यस कार्यक्रममार्फत अहिलेसम्म ५२ जनालाई अन्तरिक्षमा पठाइएको छ ।
‘ब्लू ओरिजिन’का अनुसार नयाँ शेपर्डको यात्रा सामान्यतया ११ मिनेटको हुन्छ । पाइलट बिना उडान भर्ने यान पूर्णतया स्वतन्त्र हुनेछ । साथै, ‘कार्मन रेखा’ भनिने अन्तरिक्ष किनारालाई समेत यानले पार गर्नेछ ।