
काठमाडौं । नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी प्रतिक्रेट ३० देखि ३५ रुपैयाँका दरले अण्डाको मूल्य घटाएको हो । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन् ।
मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट ३५०, ठूलो अण्डा ३७० र एक्स–एल अण्डा प्रतिक्रेट ३८५ रुपैयाँ पर्ने भएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।
यसअघि ठूलो अण्डा ४००, मध्यम ३८५ र एक्स–एल अण्डा ४१५ रुपैयाँ थियो । उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उनको भनाइ छ ।