२०८१ माघ २९, मङ्गलवार , ०१:५२:३८ बजे

Sajhamanch
'

प्यालेस्टिनीहरूलाई राख्न अस्वीकार गर्ने देशको सहयोग रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

मङ्गलवार, माघ २९, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूलाई सहयोग बन्द गर्ने चेतावनी दिएका छन् ।

यसअघि ट्रम्पले प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनमा स्थायी रूपमा बसोवास गर्न दिनुपर्ने बताएका थिए। तर जोर्डनलगायत त्यस क्षेत्रका अन्य देशहरूले ट्रम्पको सुझावमा आपत्ति जनाएका थिए ।

यसै सन्दर्भमा ट्रम्पले प्यालेस्टिनीहरूबारे आफ्नो प्रस्ताव स्वीकार नगर्नेलाई अमेरिकाले गर्दै आएको सहयोग र सहायता रोक्ने बताएको बीबीसीले जनाएको छ ।

यसैबीच जोर्डनका नेता राजा अब्दुल्लाह द्वितीय वाशिङ्टन डीसी पुगेका छन् । उनले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम छ ।

बीबीसीका अनुसार यसबारे ट्रम्पले राजा अब्दुल्लाहलाई प्यालेस्टिनीहरूको स्थायी बसोवासका लागि व्यवस्था मिलाउन मनाउने तयारी गरेका छन् । उनले जोर्डनलगायत अन्य देशहरू अमेरिकाको प्रस्तावमा सहमत हुनेमा आफू विश्वस्त रहेको बताएको खबरमा उल्लेख छ ।

राष्ट्रपति ट्रम्पले प्यालेस्टिनीहरूलाई अरू सुरक्षित ठाउँमा स्थानान्तरण गरी गाजा पट्टीमा अमेरिकी नियन्त्रणसँगै पुननिर्माणको काम गर्ने प्रस्ताव गर्दै आएका छन् ।

सम्बन्धित खबर