२०८१ माघ २८, सोमवार , ०६:३३:०३ बजे

Sajhamanch
'

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

आइतवार, माघ २७, २०८१

काठमाडौं । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको बीबीसीले जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण-पश्चिम रहेको छ ।

यस भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामी चेतावनी जारी गरिएको छ ।

राष्ट्रिय सुनामी चेतावनी केन्द्रले केही देशहरुमा अझै सुनामीको सम्भावना रहेको बताउँदै सावधानी अपनाउन भनेको छ । केही देशहरुमा भने यसको सम्भावना कम भएको बताउँदै केन्द्रले चेतावनी रद्द गरिसकेको छ ।

मुख्यगरी केम्यान टापु सरकारले भने अझै पनि सुनामी खतराको अवस्थामा रहेको भन्दै, तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थलतर्फ सर्ने आग्रह गरेको छ ।

यूएसजीएसका अनुसार यो स्थानमा यस्ता ठूला भूकम्पहरू आउनु अस्वाभाविक भने होइन । यसअघि सन् २०१८ मा पनि ७.५ म्याग्निच्युडको भूकम्प यही क्षेत्रमा गएको थियो, जसले केही क्षति पुर्‍याउनुका साथै सानो सुनामी पनि ल्याएको थियो ।

सम्बन्धित खबर