२०८१ माघ १९, शनिवार , १०:३५:४९ बजे

Sajhamanch
'

नेपाली कांग्रेस भीमदत्त नगरपालिकाका सभापति कलौनी मृत भेटिए

शनिवार, माघ १९, २०८१

धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् ।

भीमदत्त नगरपालिकाका सभापति कलौनी आज शनिबार बिहान भीमदत्त नगरपालिका १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको जानकारी दिएका छन् ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।

कलौनीको शरीरमा बाहिरी चोट देखिको छैन तर घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । तालिम प्राप्त कुुकुरको प्रयोग पछि मात्र बाँकी काम गर्ने प्रहरीको जनाएको छ ।

सम्बन्धित खबर