झापा । जलवायु परिवर्तनले निम्त्याएको तातो र सुक्खा मौसमका कारण अमेरिकाको लस एन्जलसमा विनाशकारी आगलागी भएको एक अध्ययनले पुष्टि गरेको छ ।
अध्ययनअनुसार जलवायु परिवर्तनले तातो र सुक्खा मौसमी अवस्थाहरूलाई अझ खराब बनाउन ३५ प्रतिशत भूमिका खेलेको छ । विश्वव्यापी रूपमा मान्यता प्राप्त वर्ल्ड वेदर एट्रिब्युसनको अध्ययनले जलवायु परिवर्तन र मौसमी अवस्थालाई जोडेर निष्कर्ष निकालेको हो ।
अनुशन्धानकर्ताले लस एन्जलसका जङ्गलमा आगो लाग्ने याम लम्बिँदै गएको तर पछिल्लो समय पानी परेपछि आगो कम हुँदै गएको छ । अब आगलागी नियन्त्रणमा आउने उनीहरूले विश्वास लिएका छन् ।
वैज्ञानिकहरूले यो आगलागी जटिल अवस्थामा पुग्नुमा धेरै कारणहरू भए पनि तीव्र गतिमा आगो फैलिएर सङ्कटको अवस्था आउनुको मुख्य कारण तातो मौसम नै भएको दाबी गरेका बीबीसीले जनाएको छ ।
उनीहरूले १९औं शताब्दीको मध्यदेखिकै गर्मीको लहर, खडेरी, बाढी र आगलागीको चेतावनी र भएका घटनाबारे अध्ययन गरिहेका छन् । यही जनवरीको शुरुआतदेखि तीव्र गतिमा फैलिएको विनाशकारी आगलागीका कारण झन्डै ३० जनाको ज्यान गएको छ भने १० हजारभन्दा धेरै घर ध्वस्त भएका छन् ।