झापा । सङ्घीय अनुदान, ऋण र अन्य वित्तीय सहायतालाई रोक्न ह्वाइट हाउसले दिएको आदेशलाई न्यायाधीशहरूले अस्थायी रूपमा रोकेका छन् ।
अमेरिकी कोषको रकम चलाउन नमिल्ने भएपछि कुन कुन क्षेत्र र कार्यक्रममा असर गर्छ भन्ने अन्योल बढ्दै गएको भन्दै न्यायाधीशहरूले आदेश कार्यान्वयन नगर्न भनेका हुन् ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी सरकारको कोषमा भएको रकम रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कर सङ्कलन र सहायता वितरणलाई व्यवस्थित बनाउने प्रयास रहेको बताउँदै आएका थिए ।
ट्रम्प प्रशासनले आदेश दिएको सङ्घीय कोष फ्रिज शुरू हुन लागेको केही समय अघि मात्र अमेरिकी न्यायाधीशहरूले हस्तक्षेप गरेका बीबीसीले जनाएको छ ।
वाशिङ्गटन डीसीमा अमेरिकी जिल्ला न्यायाधीश लोरेन अलीखानले कम्तीमा आउने फेब्रुअरी ३ सम्म कोषबाट सञ्चालित कार्यक्रमहरू रोक्न नहुने बताएको खबरमा उल्लेख छ ।