२०८१ माघ ७, सोमवार , ०८:४२:५० बजे

Sajhamanch
'

आजको मौसम : पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव

सोमवार, माघ ७, २०८१

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । मधेस प्रदेशको पश्चिमी तराईका भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी तराइका केही भू-भागहरूमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाको अनुरोध छ ।

सम्बन्धित खबर