झापा । अमेरिकी अर्बपति व्यापारी एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप रकेट मिसन पुनः असफल भएको छ । हिजो उडान भरेलगत्तै समस्याहरू देखिन थालेपछि मिसनको माथिल्लो चरण पूरा हुन नसकेको स्पेसएक्सले बताएको छ ।
स्टारशिपमा आएको समस्याबारे बुझ्न उडानसँग सम्बन्धित डेटालाई टोली खटाएर सूक्ष्म अध्ययन गर्ने स्पेसएक्सलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
टोलीले उडानसँग सम्बन्धित डेटा अध्ययन गर्नेछ । सामाजिक सञ्जालमा देखिएको एउटा अपुष्ट भिडियोमा स्टारशिप रकेट आगोमा जलिरहेको देख्न सकिन्छ ।
अर्बपति मस्कले सामाजिक सञ्जालमा सफलता अनिश्चित छ तर मनोरञ्जनको ग्यारेन्टी छ भनेर लेखेका छन् । स्टारशिपको यसअघि ६ पटकसम्मको परीक्षण असफल भइसकेको छ ।