२०८१ माघ ४, शुक्रवार , १०:४२:५७ बजे

Sajhamanch
'

आजको मौसम

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । बुधबार साँझतिर भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव लगभग सकिएको छ । यस प्रणालीले बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा गराएको थियो ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार, उक्त मौसमी प्रणालीका कारण डडेलधुरा, बाजुरा, डोटीलगायत स्थानमा सामान्यदेखि मध्यम वर्षा भएको थियो । यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भेगमा हिमपात भएको थियो ।पछिल्लो २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा वर्षा भएको देखिएको छ । प्रायस् ठाउँमा सामान्य र थोरै स्थानमा मध्यम वर्षा भएको देखिन्छ । उच्च हिमाली भेगमा हिमपात पनि भएको छ । हाम्रो वेदर क्यामेराहरूले पठाएका फोटोहरूले सामान्यदेखि मध्यम हिमपात भएको देखाएका छन्, उनले भने ।

उनका अनुसार, डडेलधुराको साहुखर्कमा १६ मिलिमिटरसम्म वर्षा भएको छ । यस्तै, बाजुरामा १३.४ मिलिमिटर ताथा डोटीमा १०.२ मिलिमिटर वर्षा भएको छ ।

तर, आजदेखि उक्त मौसम प्रणाली लगभग सकिएको मौसमविद् पुडासैनीले बताए । आज वाग्मती, मधेस र कोसी प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।“पश्चिम नेपालमा हिजो वर्षा गराएको पश्चिमी न्यून चापीय प्रणालीको असर अहिलेलाई लगभग सकिएको छ । आज वाग्मती, मधेस र कोसी प्रदेशमा थोरै बदलीको सम्भावना छ । बाँकी ठाउँमा मुख्यतया आज मौसम सफा रहनेछ,” मौसमविद् पुडासैनीले भने ।

सम्बन्धित खबर